बैतडीमा चरेशसहित एकजना पक्राउ

बैतडी-बैतडीमा चरेशसहित एकजना पक्राउ परेका छन्।

भारतीय बजार झुलाघाटबाट नेपालतर्फ फर्किरहेका सुर्नया गाउँपालिका ३ का ३५ वर्षीय रामसिंह ऐरी पक्राउ परेका हुन्। ऐरीलाई ३ ग्राम १४० मिलिग्राम चरेशसहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।महाकाली भन्सार कार्यालय झुलाघाट नजिकै चेकजाँचको क्रममा ऐरीको साथमा चरेश फेलापरेपछि पक्राउ गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिनुभयो

Leave A Reply

Your email address will not be published.