नेकपा एमाले मेलौलीको दुईदिने प्रशिक्षण कार्यक्रम शुरु

बैतडी : नेकपा एमाले मेलौली नगर कमिटीको दुईदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ। आईतवारदेखी दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन भएको नगर कमिटी अध्यक्ष भिमदत्त भट्टले बताउनुभयो।

प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई पाटिको बारेमा जानकारी दिने जनाईएको छ। यसैगरी पाटि स्थापनादेखी हालसम्म गरिएका महत्वपूर्ण कार्य, पाटिका बिभिन्न संगठनको बिस्तारबारे चर्चा र एमालेको लोकप्रियताबारे जानकारी एवं छलफल गरिने नगर कमिटी सचिव सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो।

कार्यकर्ताहरुलाई नेकपा एमाले जिल्ला कमिटी बैतडी ईन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिने जनाईएको छ। यसैगरी जिल्ला कमिटी अध्यक्ष नरेश बिश्वकर्मा, प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्ट, जिल्ला सचिवालय सदस्य निर्मल पाण्डेले पनि प्रशिक्षण दिने नगर कमिटी अध्यक्ष भट्टले बताउनुभयो।

आईतबार एक औपचारीक कार्यक्रमका बिच प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका सभाध्यक्ष नगर कमिटी अध्यक्ष भिमदत्त भट्ट, प्रमुख अतिथी जिल्ला ईन्चार्ज लिलाधर भट्ट, बिशिष्ट अतिथी जिल्ला कमिटी अध्यक्ष नरेश बिश्वकर्मा, प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्ट, प्रदेश सल्लाहकार परिषद सदस्य लक्ष्मण दत्त भट्ट, जिल्ला सचिवालय सदस्य निर्मल पाण्डेय रहनु भएको थियो।

प्रशिक्षण कार्यक्रममा नगरपालिका भित्रका पाटि सदस्यहरु र पाटिबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.