बैतडीको पाटन स्वास्थ्य केन्द्रलाई मेडिकल उपकरणहरु हस्तान्तरण

बैतडी: नेपाल मेड इभी जर्मनीले बैतडीको पाटन स्वास्थ्य केन्द्रलाई मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ। आईतबार बिहान एक औपचारिक कार्यक्रमका बिच मेडिकल उपकरणहरू व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र विष्टलाइ हस्तान्तरण गरेको स्वास्थ्य केन्द्रका इन्चार्ज प्रेम सागर भट्टले बताए।

प्रयोगशाला सेवाका लागि १२ लाख बराबारका उपकरण उपलब्ध गराएको हो। यो उपकारण पाएसंगै पाटन स्वास्थ्य केन्द्रले आफ्नो सेवा थप गरेको छ। थाइरोइड, मृगौला चेकजाँच लगायतका रोगहरुको पहिचान पाटनमै हुने प्रयोगशालामा कार्यरत श्याम कुवँरले बताए।

संघ, प्रदेश र स्थानीय तहलाई यी य।उपकरणका लागि बेला(बेलामा आग्रह गरेपनि प्राप्त नभएकाले बैतडी र डडेल्धुराका अस्पताल यहाँका नागरिकले जानु पर्ने बाध्यता रहेको उनलेको भनाई छ। करिब दुई महिनादेखी चिकित्सक अभाव भएकाले चिकित्सक पदपूर्तीका लागि स्थानीय निकायसंग आग्रह गरेका छन्।

उपकरण आएपछि पाटन नगरपालिका भित्रका मात्र हैन बैतडीको मेलौली, पुचौडी नगरपालिका, सिगास, सुर्नया, सिवनाथ र पचेश्वर गाउँपालिका नागरिकलाई सहज हुने अपेक्षा लिएको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। स्थानीयले स्वास्थ्य केन्द्रमा छिटो डाक्टरको माग गरेका छन्। प्राप्त उपकरणको नतिजाहरु अधिकाँस डाक्टरलाई देखाउनु पर्ने खालका छन्।

पाटन नगरपालिका–६ टुँडिखाड बस्ने स्वःशिक्षक शरद प्रशाद जोशीका छोरा महेन्द्र जोशीको पहलमा जर्मनीबाट समाग्री उपलब्ध गराएको हो। नेपाल मेड जर्मनीले स्वास्थ्य र शिक्षा क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको जनाएको छ। जनप्रतिनिधि, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वंसेवीका लगायतको उपस्तीथि रहेको थियो।

Leave A Reply

Your email address will not be published.