गएराति बझाङमा पहिरो जादा चार जनाको मृत्युु

अविरल वर्षासंगै बझाङमा पहिरो जादा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिनुभयो।

गएराति घरमाथिबाट पहिरो जाँदा उहाँहरू चारैजनाको पुरिएर मृत्यु भएको हो। उहाँले भन्नुभयो,” चार जनाको मृत्यु भएको र छ जनाको उद्घार गरिएको खबर छ,हामी राहत सामग्री लगेर प्रभावित क्षेत्रमा जादै छौं।”

राति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा पुरिएर उहाँहरूको शव स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान निकालिएको हो। पहिरोमा पुरिएका सोही घरका अन्य छ जनाको जीवितै उद्घार गरिएको छ।

बिरबहादुर धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जिवितै उद्धार गरिएको छ।

Leave A Reply

Your email address will not be published.