नेकपा एमाले मेलौलीको दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

बैतडी : नेकपा एमाले मेलौली नगर कमिटीको दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आईतवारदेखी शुरु भएको दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको नगर कमिटी अध्यक्ष भिमदत्त भट्टले बताउनुभयो।

प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई पाटिको बारेमा जानकारी दिएको जनाईएको छ। नेपालको कम्युनिष्ट आन्दोलनको र बैतडीको ईतिहास, माक्सवाद दर्शको सक्षिप्त परिचय, सगंठन निमार्ण, परिचलान, व्यवस्थापन, सुचना संचार प्रविधिको प्रयोग, पाटि र जनसंगठन, दशौ माहाधिबेशनद्धारा पारित सिद्धान्त र कार्या दिशाका लगायतका थुप्रै विषयमा जानकारी गरिएको नगर कमिटी सचिव सुरेन्द्र प्रसाद भट्टले बताउनुभयो।

कार्यकर्ताहरुलाई नेकपा एमाले जिल्ला कमिटी बैतडी ईन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिनुभएको थियो। यसैगरी जिल्ला कमिटी अध्यक्ष नरेश बिश्वकर्मा, प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्ट, जिल्ला सचिवालय सदस्य निर्मल पाण्डेले पनि प्रशिक्षण दिनुभएको नगर कमिटी अध्यक्ष भट्टले बताउनुभयो।

प्रशिक्षण कार्यक्रम सम्पन्नसगै बिभिन्न पाटि परित्याग गरेर ७ जनाले नेकपा एमाले प्रवेश गरेका छन। नेपाली कांग्रेश परित्याग गरि मेलौली नगरपालिका–०६ का रमेश राम दमाई, मेलौली ६ कै पूर्व वडा कार्य समिति सभापति समेत रहेका लक्ष्मीदत्त भट्ट, मेलौली नगरपालिका–०९ का शुक्रदेव भट्ट, बासुदेव भट्ट, मेलौली नगरपालिका–०७ का हिमाल भट्टलाई पाटिमा स्वागत गरिएको नगर कमिटी अध्यक्ष भट्टले बताउनुभयो।

यसैगरी नेकपा माओवादी परित्याग गरी मेलौली नगरपालिका–०६ गोपाल राम दयाल र राप्रपा परित्याग मेलौली नगरपालिका–१ मञ्जित सिह नायलकले नेकपा एमाले प्रवेश गरेका हुन। दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागि ८६ जनालाई प्रमाणपत्र सहित सम्मान गरिएको नेकपा एमाले मेलौली नगर कमिटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.