केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको सार्वजनीक सुनुवाई सम्पन्न, दयालको प्रसंशा

बैतडी : मेलौली नगरपालिका–०७ स्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरको हलमा स्थानीय सेवाग्राही, जनप्रतिनिधी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, इलाका प्रहरीका प्रतिनिधी र स्वास्थ्य स्वंमसेवीकाहरुको उपस्थीतीमा सार्वजनीक सुनुवाई आयोजना गरिएको हो।

आर्थीक वर्ष २०८०/०८१ मा स्वास्थ्य केन्द्रले गरेका स्वास्थ्य क्षेत्रका काम कार्वाहीको बारेमा जानकारी एवं समिक्षा गरिएको कार्यालय प्रमुख मुकेशकान्त दयालले बताउनुभयो। कार्यालयले गरेको डाटागत प्रगती प्रतिवेदन जनस्वास्थ्य निरिक्षक एवं कार्यालय प्रमुख दयालले प्रस्तुत गरेका थिए।

यसैगरी संस्थाको अगामी कार्ययोजनाबारे पनि दयालले जानकारी गराएका थिए। सार्वजनीक सुनुवाईको अवशरमा स्वास्थ्य केन्द्रले कार्यालय सहयोगि कमला भाटलाई सम्मान गरेको छ। स्वास्थ्य केन्द्रमा उत्कृष्ट काम गरेको भन्दै कार्यालय सहयोगि भाटलाई सम्मान गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।

यसैगरी सार्वजनीक सुनुवाई कार्यक्रममा उपस्थित नागरीक र सेवाग्रहीहरुले कार्यालय प्रमुख एवं जनस्वास्थ्य निरीक्षक दयालको प्रशंसा गरेका छन। मुस्कान सहितको सेवा प्रवाहमा सहजता, कार्यालयको व्यवस्थापन, विरामिहरुको स्वास्थ्य केन्द्र प्रतिको सकारात्मक धारणामा दयालको भुमिकाका बारेमा प्रशंसा गरिएको थियो।

तल्लो स्वराड क्षेत्रकै रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका समस्या समाधानका बारेमा नागरीकहरुले स्थानीय सरकारलाई आग्रह गरेका थिए। बिकट क्षेत्रबाट पनि सेवा दिइरहेको स्वास्थ्य केन्द्र जहिले पनि नागरीकहरुको सेवामा तल्लिन रहने कार्यालय प्रमुख दयालले बताउनुभयो।

स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष एवं मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्टको सभाध्यक्षता र मेलौली नगरपालिका–०८ का वडाध्यक्ष तपेन्द्र सिह बिष्टको प्रमुख आथित्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द २०५६ सालमा स्थापना भएको थियो।

Leave A Reply

Your email address will not be published.