पाटन प्रिमियर लिग: यस वर्ष फरक स्वरुपले सञ्चालन गरिने

बैतडी: पाटन नगरपालिकाको पाटन क्रिकेट क्लबले आयोजना गर्दै आएको पाटन प्रिमियर लिगमा यस वर्ष फरक स्वरुपले सञ्चालन गरिने भएको छ। प्रतियोगितालाई थप प्रभावकारी र भव्यरुपमा सञ्चालन गर्न यस वर्ष केही थप अतिरिक्त कार्यक्रम सञ्चालन गरिने भएका हुन्। यस वर्ष आयोजना हुने चौथो संस्करणको प्रचियोगिताको पुरस्कार राशी बढाइने जनाइएको छ।

दशै र तिहारको मध्यतीर उक्त प्रतियोगिताको आयोजना गरिने छ। आगामी हप्ता बस्ने कार्यसमितिको बैठकबाट पुरस्कार राशीको निर्णय गरी प्रकाशीत गरिने क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । विगतका वर्षहरुभन्दा पुरस्कार राशी थप गरिने पनि उनले बताए।

प्रतियोगितालाई डिजिटलाइजेसन गर्नको लागि भिडियो प्रत्यक्ष प्रशारण लगायतका गतिबिधि गर्ने बारेपनि छलफल भइरहेको क्लबले जनाएको छ। बैतडीमा क्रिकेटका विकास लागि पछिल्लो समयमा पाटन क्रिकेट क्लबले आयोजना गर्दै आएको पाटन प्रिमियर लिगले ठूलो भूमिका रहेको छ।

गत वर्ष पिपिएल–३को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले जिल्ला र प्रदेशको टोलीमा स्थान बनाएका छन्।

Leave A Reply

Your email address will not be published.