बैतडी-बैतडीको मेलौली नगरपालिका–१ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र हरिचनले गत आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार स्वास्थ्य सेवा केन्दमा आयोजना गरिएको कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द बाट सेवा प्रवाह भएको प्रगति विवरण सार्वजनिक गरिएको थियो भने, सामाजिक लेखा परीक्षण पनि सम्पन्न गरिएको स्वास्थ्य संस्था प्रमुख सीता विष्टले जानकारी दिनुभयो ।
उनले एक वर्षमा आधारभुत स्वास्थ्य केन्द्रले २ हजार ५ सय १४ जना बिरामीको उपचार गर्न सफल भएको उनले बताउनुभयो ।७ जनाको आठ पटक गर्भ जाँच गर्ने कार्य गरिएको थियो। विद्यालय स्वास्थ्य कार्यक्रम अन्र्तगत ३६६ जना बिधार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
बृद्धि बिकास कार्यक्रम अन्र्तगत भिटामिन ए ६८० र जुकाको औषधी १६०२ बिधार्थीहरुलाई खुवाउने कार्यक्रम गरिएको थियो। त्यसैगरि स्वास्थ्य संस्थाबाट ६५ जनालाई खोप लगाउने र ९४ जनालाई परिवार नियोजनका साधन बितरण गरिएको थियो।
सुत्केरी पश्चात स्वास्थ्य परिक्षण ४५ जना महिलाको गरिएको थियो। आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष शरद सिंह नेगीकोे सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय आमा समुहका पदाधिकारी, खोप समन्वय समितिका पदाधिकारी, लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।वडा अध्यक्ष शरद सिंह नेगीले व्यक्तिगत रूपमा र वडाको तर्फबाट स्वास्थ्य सेवा केन्द्रको विकासका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।