बैतडी -उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ।
शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो।धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन्।
आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन्।कञ्चनपुरको भीमदत्र् नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन्। शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन्।