दार्चुलाबाट लागूऔषध र नगद सहित २ जना पक्राउ

दार्चुला -दार्चुलाबाट लागूऔषध र नगद सहित २ जना पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानिपुल नजिक बैतडीबाट गोकुलेश्वर दार्चुला तर्फ आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ बर्षिय किशोरलाइ इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनाको साथबाट १ ग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ प्रहरीले बरामद गरेको हो।

Leave A Reply

Your email address will not be published.