नेत्रज्योती आधारभूत विद्यालयको २५ औँ वार्षिक उत्सव सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका–७ स्थित नेत्रज्योती आधारभूत विद्यालयको २५ औँ वार्षिक उत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ ।
सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर दत्त भट्टकोे अध्यक्षतामा र मेलौली नगरपालिका वडा न ७ का वडा सदस्य लोकमणी भट्टको प्रमुख आथित्यतामा,र शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष खेम राज भट्टको विशिष्ट आथित्यतामा २५ औ वार्षिक उत्सव सम्पन्न भएको विद्यालयका प्राधानाध्यापक विना भट्टले जानकारी दिनुभयो ।
मंगलबार भएको वार्षिक उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभाव, विद्यार्थी लगायतको सहभागीता रहेको प्राधानध्यापक भट्टले बताउनुभयो ।नेत्रज्योती आधारभूत विद्यालयमा कक्षा पाँचसम्म पठनपाठन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.