मेलौली नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
मेलौली नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा मेलौली नगरपालिकाको सभाहलमा शुक्रबार स्वास्थ्य कार्यक्रम तर्फको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति प्रतिवेदन सङ्गै सो वर्षमा मेलौली नगरपालिका भित्र भएका स्वास्थ्य सम्बन्धित गतिविधिको समीक्षा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो।

नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगर भित्रका स्वास्थ्य केन्द्र हरुको अवस्था, बजेट र खर्चको अवस्था, तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, स्वास्थ्य केन्द्रले दिने सेवा सुबिधा खोप, सुत्केरी, गर्भपतन, परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था बारेमा स्वास्थ्य संस्थाका प्रमुख हरुले स्लाइड मार्फत आ आफ्नो संस्थामा सम्पन्न गतिविधि तथा कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दले समग्र मेलौली नगरपालिकाले नेपाल सरकारले तोकेका स्वास्थ्य सुचकहरु अधिकतम पूरा गरि मेलौलीको स्वास्थ्य अवस्थालाई बलियो राखेकोमा समग्र स्वास्थ्यकर्मीहरुलाइ बधाई एवम धन्यवाद व्यक्त गर्नुभयो
त्यस्तै मेलौली नगरपालिका का सामाजिक विकास समितिका संयोजक लोक राज भट्टले समृद्ध मेलौली निर्माणको लागि स्वास्थ्य क्षेत्रको प्रगती हुनुपर्ने बताउँदै स्वास्थ्यका समस्याहरुलाई क्रमागत रुपमा सम्बोधन गर्दै अगाडि बढ्ने बताउनुभएको थियो ।
मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले कार्यक्रमको बारेमा बुझाउँदै कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए ।
मेलौली नगरपालिका ९ ओटै वडामा रहेका स्वास्थ्य चौकी,आधारभुत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा ३२ वटा खोप केन्द्र र र २८ वटा गाउँघर क्लिनिक रहेका छन् ।
स्वास्थ्य संस्था थप सुधार र स्वास्थ्य संस्था बाट प्रबाह हुने स्वास्थ्य सुबिधा प्रभाकारी बनाउने उदेश्यका साथ समिक्षा भएको थियो ।कार्यक्रममा अझै सुधार गर्नु पर्ने विषय आएको र सुझावलाई ग्रहण गर्दै आगामी दिनमा थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो ।
मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, प्रतिनिधि, कर्मचारी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.