बैतडी : लोक तथा देउडा गायक महेन्द्र राम पार्कीले गौरा पर्व बिशेष धमारी गित सार्वजनीक गर्नुभएको छ । आफ्नै अफिसियल युटूव च्यानलबाट गौरा धमारी सार्वजनीक गर्नुभएको हो।
गौरा धमारीमा गायक पार्कीसगेँ कपुर पन्त, महेश कुमार औजी र विमला कडेलले आवाज दिनुभएको छ। चलन चल्तीमा रहेको धमारीमा कैलाश पाण्डेले लय तथा शब्द/संगित सिर्जना गर्नुभएको गायक पार्कीले जानकारी दिनुभयो।
डि म्यूजीक स्टुडीयोमा रेकर्ड गरिएको धमारीलाई हेमन्त शिशिरले एरेन्ज गर्नुभएको छ। संस्कृति सरक्षणका लागि पुस्तौदेखी खेलिदै आएको धमारीलाई बजारमा ल्याएको गायक पार्कीले बताउनुभयो।