मणिलेक नमुना माविले यहि भाद्र १९ गते ७७ औँ बार्षिकोत्सव मनाउदैँ

बैतडी : मेलौली नगरपालिका–०७ काणाँ स्थित मणिलेक नमुना माध्यमिक विद्यालयले स्थापनाको ७७ औँ वर्ष मनाउदैँ छ। यहि भाद्र १९ गतेका दिन विद्यालयको ७७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने कार्यक्रम रहेको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।

बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईने जनाईएको छ। कार्यक्रममा उपस्थित भईदिन विद्यालय आग्रह गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.