मेलौलीमा वित्तिय साक्षरता तथा तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

बैतडी : मेलौलीमा वित्तिय साक्षरता तथा तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख मनोज भाट्ले बताउनुभयो।

No description available.

शाखा प्रमुख भाट्को सभाध्यक्षता र मणिलेक बहुमुखी क्याम्पस मेलौलीका क्याम्पस प्रमुख भगिरथ सिह नेगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको जनाईएको छ। कार्यक्रम क्याम्पस प्राङ्गणमा सञ्चालन गरिएको थियो।

No description available.

कार्यक्रममा सामुहिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो। सामुहिक नृत्य प्रतियोगितामा उर्जाशील आत्मनिर्भर महिला केन्द्र मेलौली १ प्रथम, लटैनाथ आत्मनिर्भर महिला केन्द्र मेलौली ६ दित्तीय, मर्छल्या आत्मनिर्भर महिला केन्द्र मेलौली ७ तृतीय र ब्राईटस्टार आत्मनिर्भर महिला केन्द्र मेलौली ७ सान्त्वना स्थान भएको शाखा प्रमुख भाट्ले जानकारी दिनुभयो।

No description available.

सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने केन्द्रलाई ४०९९, दित्तीयलाई २५९९, तृतीयलाई १५९९ र सान्त्वनालाई ८९९ रुपैया प्रदान गरिएको जनाईएको छ। प्रथम, दित्तीय, तृतीय र सान्त्वना बाहेक अन्य सहभागि सबैलाई बिभिन्न बुकहरु वितरण गरिएको शाखा प्रमुख भाट्ले जानकारी दिनुभयो।

No description available.

कार्यक्रमको मणिलेक बहुमुखी क्याम्पसका प्रशासन शाखा प्रमुख दशरथ सिह नायकले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा क्याम्पसका सम्पूर्ण शिक्षक, बिद्यार्थी, सिवाईसीमा आबद्ध बिभिन्न केन्द्रका सदस्यहरु, पत्रकार लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

No description available.

कार्यक्रममा उपस्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीमा आवद्ध सदस्यहरुले यस्ता कार्यक्रम बेलाबेलामा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। यस्ता कार्यक्रमले आगडी गएर बोल्न सक्ने र चौतर्फी विकासमा टेवा पुग्ने बताएका थिए।

No description available.

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग गर्ने सम्पूर्णमा शाखा प्रमुख भाट्ले धन्यवाद ब्यक्त गरेका छन। कार्यक्रममा भएका कमजोरीलाई आगामी दिनहरुमा सुधार गर्दै लैजाने समेत उनले बताएका छन। यसैगरी शाखा प्रमुख भाटले बित्तीय साक्षरता सम्बन्धि जानकारी दिएका थिए। बचन किन गर्ने, केका लागि गर्ने, बचत गर्दा के हुन्छ लगायत बारेमा पनि जानकारी दिनुभएको थियो।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय  मेलौलीमा ४९ केन्द्रहरु रहेका छन। कार्यक्रममा करिब ४५० जना सहभागि भएका थिए।

Leave A Reply

Your email address will not be published.