बैतडी : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा बैतडीले २ लाँख ७२ हजार ४०० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ। जिल्लाको शिवनाथ गाँउपालिका–०१ स्वालका शेर सिह चाड र बसन्ती चाडकि स्वर्गीय छोरी रजनी चाडको मृत्यु दाबी भुक्तानी गरिएको हो।
मंगलबार मेलौलीमा भएको अभिकर्ता भेटघाट तथा अन्तरक्रृया कार्यक्रममा मृतक चाडकि आमालाई उपशाखा प्रमुख बिर्खराज जोशीले चेक हस्तान्तरण गरेका हुन्। मृतक चाडको ३ बर्ष पहिला हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, उपशाखा बैतडीमा २ लाँख ४० हजार बिमाङ्क गरिएको अभिकर्ता सुरत पार्कीले बताउनुभयो।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा उपशाखा प्रमुख जोशी, क्षेत्रीय उप-प्रमुख टेकराज आर्चाय, मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनी र अभिकर्ता पार्की लगायतको सहभागिता रहेको थियो।
मृतक रजनीको गत असार ८ गते शनिवारका दिन महाकाली नदीमा डुबेर ज्यान गएको थियो।