बैतडी बैतडीको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख बाग उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका वडा नं ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख दिपक प्रसाद बाग स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित भएका हुन् ।
कार्यसम्पादन मुुल्याङ्कनका आधारमा स्वास्थ्यकर्मी बाग मेलौली नगरपािलका भित्रमै उत्कृष्ट देखिएपछि सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
बुधवार स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको आर्थीक वर्ष २०८०र८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा स्वास्थ्यकर्मी बागलाई दोसल्ला सहित सम्मान पत्र दिएर सम्मान गरिएको हो ।उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित हुन पाउँदा खुसि लागेको र अझै काम गर्ने हौसला बढेको बागले बताउनुभयो ।