मेलौली प्रा.स्वा केन्द्र द्धारा निशुःल्क स्वास्थ्य परिक्षण कार्यक्रम

बैतडी-बैतडीको मेलौलीमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम समपन्न भएको छ । निजामती सेवा दिवसको अवसरमा केशरपुर प्राथमिक स्वास्थ्य आायोजनामा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज मुकेशकान्त दयालले बताउनुभयो ।
नगरपालिकाको वडा न १ जिरो पोईन्ट, ७ को बसपार्क र काणा बजार क्षेत्रमा बिहान ७ बजे देखि आयोजना भएको उक्त निशुल्क स्वास्थ्य परिक्षणमा आसपासका र स्थानिय गरी करिब १६४ जना भन्दा बढीले आफ्नो सुगर, प्रेसर,सहित स्वास्थ्य परिक्षण गराएको दयालले जानकारी दिनुभयो ।आयुर्वेद जीवनशैली र योग परामर्श सम्बन्धी पनि जानकारी पनि गराईएको दयालले बताउनुभयो ।
सो कार्यक्रममा ल्याव टेक्निसियन दिपक सिंह विष्ट लगायतको सहभागीता रहेको थियो । साथै सामान्य जाच गरी निशुल्क औषधी समेत बितरण गरिएको थियो ।
त्यसैगरी यस्तो प्रकृतिको कार्यक्रम नियमित रूपमा प्रत्येक महिना सञ्चालन गरीने समेत जानकारी गराईएको थियो । कार्यक्रममा स्थानिय बुद्धीजिवि र समाजसेवीहरुकोे समेत सहभागीता रहेको थियो निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र आवस्यक औषधि वितरण लगायतका सेवा प्राप्त गर्दा यहाँका नागरिकहरुले अत्यन्तै लागेकोे बताएका थिए ।

Leave A Reply

Your email address will not be published.