बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकामा प्रधानाध्यापक संघ गठन गरिएको छ ।सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकले आफ्नो पेशागत हकहित र संरक्षणका लागि पालिका स्तरीय प्रधानाध्यापक संघ गठन गरिएका प्रधानाध्यापक संघ जिल्ला कार्य समिति सचिव तथा सिद्धेश्वर मावि पाटन न.पा- १ मेल्चौराका प्र.अ दिपेन्द्र सिंह चाडले बताउनूभयो ।
पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टको प्रमूख आथित्यता तथा जिल्ला कार्यसमिति अध्यक्ष पदम राज जोशीको विशिष्६ आथित्यतामा शनिबार सम्पन्न भएको चाडले जानकारी दिनूभयो ।पञ्चेश्वर गाउपालिका-४ स्थित जवलपुर माद्यमिक विद्यालय शैलोडामा शनिवार पालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानध्यापक भेला भएर देवथला माद्यमिक विद्यालयका प्र.अ शुक्र बहादुर चन्दको अध्यक्षतामा पालिका स्तरीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष गोपाल दत्त भट्ट सचिवमा धनबिर सार्की, सहसचिवमा हरिश ओड, कोषाध्यक्षमा सुरेन्द्र बहादूर चन्दसहित १३ सदस्यीय पालिका स्तरीय कार्य समिती गठन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टकाले पिन्सिपल एशोसिएसन अफ नेपाल (पान) गठन हुनू खुशिको कुरा भएको र प्र.अ भनेका बौद्धिक व्यक्तीसमेत भएकाले शिक्षक हक,हित अधिकारका साथै शिक्षण सिकाइ,पेशागत दक्षता,गुणात्मक शिक्षामा पनि सुधार ल्याउन योगदान दिने विश्वास व्यक्त गर्नू भयो ।
यस्तै कार्यक्रमा बोल्दै (पान)का जिल्ला कार्यसमिति अध्यक्ष पदम राज जोशीले प्रधानाध्यापकहरुको गोलबद्ध भई हरेक असल अभ्यासलाई आदानप्रदान गर्ने, नेतृत्व क्षमतालाई अब्बल बनाई सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पर्ने सर सहयोग, समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।