भाषा आयोगद्वारा गुगुल्डि साहित्यिक मासिक पत्रिका सम्मानित

बैतडी : बिगत २७ वर्ष देखि निरन्तर प्रकाशित हुदै आएको गुगुल्डि साहित्यिक मासिक पत्रिका भाषा आयोगको वार्षिकोत्सवका अवसरमा सम्मानित भएको छ। लामो समयदेखि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिकाको रूपमा ३२३ अंक प्रकाशित पत्रिकाले मातृभाषा संरक्षण तथा बिकासमा पुर्याएको योगदानको कदर गर्दै भाषा आयोगले प्रदान गरेको सम्मान-पत्र गुगुल्डिका आजिवन सदस्य एवम् गोर्खापत्र दैनिक डोट्याली पृष्ठ सम्पादक दीप सागर पन्तले ग्रहण गर्नु भएको छ।

सुदूरपश्चिमको साहित्यिक पत्रकारिताको इतिहासमा सर्वाधिक लामो समयदेखि गुगुल्डि साहित्यिक मासिक पत्रिका प्रकाशित हुँदै आएको छ। पत्रिका सम्मानित भएपछि पत्रिकाका सदस्य, सम्पादक, लेखक तथा पाठक सबै गौरवान्वित भएको जनाईएको छ।

पत्रिकाका संस्थापक/सम्पादक वीरबहादुर चन्द विश्राम यसअघि नै प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भै सकेका छन। प्रेस काउन्सिलद्वारा क्षेत्रीय ख बर्गमा बर्गिकृत यस पत्रिकासंग लेखनका माध्यमले हालसम्म ५०० बढी रचनाकारहरू जोडिएका छन।

पत्रिकाको निरन्तरतालाई कायम राख्न तथा साहित्यिक सास्कृतिक रूपमा सञ्चालन गर्न गुगुल्डि वाङमय प्रतिष्ठान संस्था २०७५ मा गठन गरिएको हो। सुरूवातमा २ पानाबाट थालनी भयेको पत्रिका हाल कूल ५४ पेजमा प्रकाशित भैरहेको छ।

एक सय बढी साहित्यिक तथा साहित्यकार विशेष अंक प्रकाशित गरेको गुगुल्डि साहित्यिक मासिक पत्रिकाले सुदूरपश्चिमका मातृभाषा विशेषांक समेत प्रकाशित गरेको छ। त्यसैगरि गुगुल्डि वाङमय प्रतिष्ठान संस्था गठन पश्चात बहुभाषिक लघुकथा विशेषांकका साथै विभिन्न सर्जकहरू कृति समेत प्रकाशित भयेका छन।

पत्रिका तथा प्रतिष्ठानले साहित्यिक सास्कृतिक प्रतिभाहरू वर्षेनी सम्मानित गर्दै गर्दै अएको छ। प्रतिष्ठानले आरडि प्रभास चटौत, वीरबहादुर चन्द विश्राम, नारायण दत्त भट्ट, कोमल वहादुर सिह, लक्ष्मी दत्त भट्ट लगायतको योगदानमा अक्षयकोष समेत स्थापना गरिएको छ।

डोट्याली मातृभाषा संरक्षण तथा बिकासमा यस पत्रिकाले पुर्याएको योगदानको मूल्यांकन गरी भाषा आयोगले सम्मानित गरेकोमा गुगुल्डि साहित्यिक मासिक पत्रिका परिवार हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गरेका छन।

 

Leave A Reply

Your email address will not be published.