निङ्लाशैनीमा अनन्त चतुर्दशीलाई व्यवस्थित गर्न समिति गठन

हजारी महरा

बैतडी : प्रशिद्ध निङ्लाशैनी मन्दिरको नयाँ मेला व्यवस्थापन समिति गठन गरिएको छ। २०७९ सालमा गठन गरिएको मेला व्यवस्थापन समितिलाई बिघट्न गर्दै मंगलबार नयाँ मेला व्यवस्थापन समिति गठन गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका—०२ देहिमाण्डौमा रहेको प्रशिद्ध निङ्लाशैनी भगवती मन्दिरको नयाँ मेला व्यवस्थापन समिति अध्यक्षमा महेश भण्डारीलाई चयन गरिएको जनाईएको छ। मन्दिर परिसरमा बसेको सयुक्त भेलाबाट भण्डारीको अध्यक्ष्यता १३ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको जनाईएको छ।

उपाध्यक्षमा गम्भिर सिंह बोहरा, सचिवमा भान बहादुर बोहरा, कोषाध्यक्षमा मनोज बोहरालाई चयन गरिएको छ। सदस्यमा पुनम लावड, रमेश बहादुर बोहरा, हर्क बहादुर बोहरा, गोपाल बिजले, गगन सिंह रावत, जैराम लावड, प्रेम राम लावड, भुपेन्द्र भण्डारी र मान बहादुर बोहरा रहेका छन्।

Leave A Reply

Your email address will not be published.