दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा हुदै

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। रक्सीसम्बन्धी अन्तःशुल्क नीतिमा भएको घोटालामा उहाँ पक्राउ पर्नुभएको थियो।

मुख्यमन्त्री केजरीवाललाई केन्द्रीय जाँच ब्युरो ९सीबीआई० ले पक्राउ गरेपछि उहाँले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको थियो। सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासले केजरीवाललाई रिहा गर्न आदेश दिएको हो। भारतीय समाचार संस्था पीटीआईका अनुसार न्यायाधीशले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिएका हुन्।

दिल्ली सरकारमाथि सन् २०२१/२२ को अन्तःशुल्क नीतिमा भ्रष्टाचारको आरोप छ। तर यो नीति अहिले खारेज भइसकेको छ। यसैबीच अदालतको आदेशपछि आम आदमी पार्टीले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ।

Leave A Reply

Your email address will not be published.