भेटरेनरी अस्पताल बैतडीको भवन हावाहुरीले उडायो

बैतडीको पाटनस्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको एक भवनमा हावाहुरीले क्षति पुर्याएको छ। शुक्रबार बिहान ११ बजेतिर बर्षासंगै आएको हावाहुरीले चारकोठे भवनको छानो उडाएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब सुब्बा बिरसिंह महराले बताए।

कार्यालय प्रमुखको निवासको रुपमा प्रयोग भइरहेको भवनको छानो हावाहुरीले उडाएको हो। भवनको छानो हावाहुरीले उडाएपछि भवनको पर्खालमा समेत समान्य क्षति पुगेको नायब सुब्बा महराले बताए। हावाहुरीले भवनमा झण्डै ८ लाख जतिको क्षति भएको अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.