बैतडी : मेलौली नगरपालिका–०७ काडाँमा रहेको ब्राईट फ्यूचर एकेडिमीले संविधान दिवस मनाएको छ। बिभिन्न चाडपर्व तथा दिवसहरुलाई मनाउदैँ आएको ब्राईट फ्यूचर एकेडिमीले विहीबार देशभरी जस्तै संविधान दिवस मनाएको प्रिन्सीपल मनिदत्त ओझाले बताउनुभयो।
बालबालिकाहरुको शिक्षण शिकाईलाई थप प्रभावकारी बनाउन स्कुलदेखी ईप्रका मेलौलीसम्म बिभिन्न संविधान बिशेष नारा लगाई संविधान दिवस मनाएको प्रिन्सीपल ओझाले जानकारी दिनुभयो। संविधान दिवस सफल पारौ, हाम्रो राष्ट्रिय दिवस सफल पारौ, हाम्रो संविधान जिन्दावाद, बालबालिकाहरुको अधिकार जिन्दाबाद लगायतका नारा लगाई संविधान दिवस मनाएको जनाईएको छ।
ब्राईट फ्यूचर एकेडिमीको प्राङ्गणदेखी शुरु गरिएको र्याली मेलौली काडाँ बजार, कुन्थला बजार, हरिपुर बजार, द्धवारीकादेवी ठकुरानिको शालिक परिसर हुदै ईप्रका मेलौलीसम्मको चेक पोष्टसम्म निकालिएको थियो। र्यालीमा विद्यार्थी बालबालिका, शिक्षक, विभिन्न ब्यापारी र शुरक्षाकर्मीहरु सरिक भएका थिए।
नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। सरकारले आज संविधान दिवसको अवसरमा देशभर सार्वजनिक बिदा पनि दिएको थियो।
