डडेल्धुरामा करणी गरेको आरोपमा एकजना पक्राउ

डडेल्धुरामा जबरजस्तीकरणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका-८ बस्ने ३५ वर्षीय हिमाल ताम्राकार रहेका छन्।

ताम्राकारलाई जबरजस्ती करणीको जाहेरीका आधारमा गत भदौ ३१ गते अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। सोहि आधारमा ताम्राकारलाई आज घरबाट आलिताल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनलाई अहिले कैलाली प्रहरीको जिम्मा लगाई जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.