बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका–३ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत अवस्थामा फेला परेका हुन्।
उनि शुक्रबार सोही वडाको गजीण भिरमा मृत फेला परेका हुन्। स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
रनी धामीका १२ वर्षीय छोरा यही भाद्र ३० गते घरबाट भागेका थिए। सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट आएको वडा सदस्य मान सिंह धामीले जानकारी दिए।
फर्किने क्रममा रनीले मदिरा सेवन गरेको बताइएको छ। रनीकी श्रीमती र छोरा घर पुगेका थिए। तर ५ दिनपछि शुक्रबार स्थानीयहरुले रनीलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेको वडा सदस्य धामीले जानकारी दिए।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ।