मनसुन सक्रिय : एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यस्तै भोलि पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

आज पहाडी भेगका थोरै ठाउँहरूमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.