बैतडीको शिवनाथले पायो नयाँ “हाकिम”, गाउँपालिकाद्धारा स्वागत

बैतडी : शिवनाथ गाउँपालिकामा नयाँ “हाकिम” हाजिर भएका छन्। गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोज पाण्डेय गाउँपालिकामा हाजिर हुनु भएको गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउँदले बताउनुभयो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाण्डेयलाई शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन गरेको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसगैँ स्वागत गरिएको छ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नागरिकको सेवामा तल्लिन रहने बताएका छन।

Leave A Reply

Your email address will not be published.