मेलौलीका चन्दसंग अस्पताल जाने पैसा नहुदाँ समस्या, सहयोगको अपिल

बैतडी : मेलौलीका कर्ण बहादुर चन्द शरिर दुख्ने र हातखुट्टा नलाग्ने समस्या झेलिरहेका छन। मेलौली नगरपालिका–०७ तोल्या (लिउड)का चन्द विगत चारपाच वर्षदेखी यो समस्या झेलीरहेका छन।

घरको आर्थीक अवस्था निकै कमजोर भएका चन्दसगं अस्पताल जाने समेत पैसा नभएको मणिलेक बहुमुखी क्याम्पसका उप–प्राध्यापक जनक सिंह नेगीले बताए। चन्दको घरमा कमाउने कोहि नभएको अवस्थामा उपचार गर्न समस्या भएको नेगीले बताए।

चन्दको उपचारका लागि यतिबेला आर्थीक सहयोगको अपिल गरिएको छ। समाजीक सञ्जाल मार्फत चन्दको उपचारका लागि आर्थीक संकलन अभियान सञ्चालन गरिएको जनाईएको छ।

आफुले सकेको सहयोग गरिदिन चन्दको परिवारले आग्रह गरेका छन। चन्दको घरमा श्रीमती सहित ९ वर्षिय छोरा र १६ वर्षिय छोरी रहेका छन।

सहयोग गर्नका लागि

May be an image of 5 people and text

Leave A Reply

Your email address will not be published.