डडेल्धुरामा स्वास्थ्यको मूल्यांकनमा अजयमेरु प्रथम

डडेल्धुरामा स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समिक्षा र योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी जिल्ला सदरमुकाममा सम्पन्न भएको हो।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा शनिबारदेखि सुरु भएको कार्यक्रममा आइतबार समापन भएको हो। समापन कार्यक्रममा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट काम गर्ने पालिकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले बताए। स्वास्थ्यको मूल्यांकनमा अजयमेरु गाउँपालिका प्रथम भएको छ । अमरगढी नगरपालिका दोस्रो र गन्यापधुरा गाउँ पालिका तेस्रो भएको छ।

प्रथम , दोस्रो, तेस्रोलाइ कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले सम्मान पत्र हस्तान्तरण गरे।

यस्तै साझेदार कार्यालय र संस्थालाई पनि सम्मान गरिएको छ। डडेल्धुरा अस्पताल, आयुर्वेदिक अस्पताल, युनिसेफ, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठन र त्रिशुली प्लसलाई सम्मान गरिएको हो।

Leave A Reply

Your email address will not be published.