त्रिजोन्ना–कोल्तडा सडकखण्ड सुचारुका लागि नगरपालिकालाई ज्ञापनपत्र

बैतडी : नेकपा एमाले मेलौली नगर कमिटीले मेलौली नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। वर्षात र पहिरोका कारण पालिकाभित्रका क्षत्रिग्रस्त सडकहरुको सफाई र मर्मतका लागि ज्ञापनपत्र बुझाएको नगर कमिटी अध्यक्ष भिमदत्त भट्टले बताउनुभयो।

आईतवार प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दलाई ज्ञापनपत्र बुझाईएको जनाईएको छ। पालिकाभित्रका सडकहरु र मेलौली नगरपालिका–७,८ र ९ अन्र्तगत पर्ने त्रिजोन्नासगै विशालपुर मावि नजिकको सडक स्तरोन्नतीका लागि माग गरिएको नगर कमिटी अध्यक्ष भट्टले बताउनुभयो।

आम नागरिकलाई चाडवाड तथा खेतिपाती थन्क्याउने समयमा आवात–जावतमा असहज भईरहेकाले सडक मर्मतको लागि ज्ञापनपत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य जगदिश सिह नायकले बताउनुभयो। वर्षातमा पहिरो तथा अव्यस्थित ढलका कारण सडक दुर्घटनाको जोखिम रहेकाले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको उनले बताउनुभयो।

नगरबासिको मार्का नबुझि निमार्ण व्यवसाहिलाई कामै नगरी भुक्तानी दिने र पोस्ने काम नगर्न आग्रह गरिएको छ। यदि उक्त कार्य गरेको पाईएमा नगरपालिका ठप्प पार्ने गरि आन्दोलनका कार्यक्रमहरु अगाडी ज्ञापनपत्र मार्फत चेतावनी समेत दिनुभएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.