बैतडी: डडेल्धुराका सञ्चारकर्मी भरत चुनाराको अभिनयमा देउडा तिहार गित सार्वजनीक भएको छ। गायक सुमन ताम्राकारको स्वर, लय तथा शब्द संगितमा “सुदूरे ठिटो भैलो खेलाउछु” भिडियो सहित सार्वजनीक भएको छ।
भिडियोमा सञ्चारकर्मी चुनारासगैँ गायक ताम्राकार र निरुता बिष्टको सुन्दर अभिनय रहेको छ। द म्यूजीक ईरा रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितको एरेन्ज कृष्ण बाजुरेली गरेका छन।
देउसी भैलो सहितको देउडा तिहार गितमा सुदूरको सस्कृतिलाई समेटिएको छ। गितमा सानो हुदा खेरीको बालापनलाई झल्काईएको छ।
गित तथा भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव दिन सञ्चारकर्मी चुनाराले आग्रह गरेका छन।