बैतडी-शिक्षाको गुणस्तर बढाउन पाटन नगरपालिकामा वडा न -१ मा रहेका सिद्धेश्वर माद्यमिक विद्यालयले विद्यालयमा ‘शिक्षक र विद्यार्थी डायरी’ लागू गर्ने भएको् छ ।शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारूप शिक्षक डायरीमा उल्लेख गरिएको छ।शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्न सघाउ र्पुयाउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको प्रधानाध्यापक दिपेन्द्र सिंह चाँडले बताउनुभयो ।
यस्तै विद्यार्थीहरुलाई पनि गृहकार्य डायरी दिने भएको छ ।विद्यार्थीको नाम, जन्म मिति, आमाबुवाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ।विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको प्रधानाध्यापक चाँडले बताउनुभयो ।
शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्य रूपमा शिक्षक डायरी लागू गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिकमत सिंह रावलले बताउनुभयो ।‘वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षणिक योजना बनाई प्रभावकारी रूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ’, उनले भने, ‘नियमित रूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ।’उनका अनुसार डायरीमा उल्लेख गरिएका विभिन्न मूल्याङ्कनका साधनको प्रयोग गर्न सहज भई शिक्षकको पेशागत दक्षता हासिल हुन सक्छ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता र चाहना अनुसार परामर्श दिनेसँगै विद्यार्थीको कमजोरी बेलैमा सुधार गर्न मद्दत र्पुयाउँछ।‘शिक्षक डायरीको विकास पहिलो पटक गरिएको हुँदा यसले के कति सहयोग र्पुयायो भन्नेबारे समीक्षा समेत गर्ने व्यवस्था गरेका छौं’, प्रधानाध्यापक चाँडले भने। यरीअनुसार शिक्षकले कक्षा कोठामा प्रवेश गर्दा पाठयोजना सहित प्रस्तुत हुने भएकाले विद्यार्थीको पढाइ उपलब्धिमूलक हुने सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र सिंह चाँडले बताउनुभयो।
विद्यालयमा अध्यापनको कार्य गर्दै आएका सबै शिक्षकलाई विद्यालयले उपलब्ध गराएको शिक्षक डायरी नियमित प्रयोगका लागि प्रदान गरिने उनले बताउनुभयो ।