बैतडी । गायक तथा सर्जक दिपक बोहराको नयाँ गित सार्वजनीक भएको छ। दशैँ तिहारलाई लक्षित गरेर गायक बोहराले ‘दशैँ तिहारमा’ गित भिडियो सहित सार्वजनीक गरेका हुन।
गितमा गायक गोपाल दयाल र कल्पना बिष्टको स्वर रहेको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट सार्वजनीक गरिएको भिडियोमा हिराकाजी सेन्चुरी, कल्पना खड्का, निर्मला चन्द (न्याउली) र ईशिका दयालले अभिनय गरेका छन।
गायक बोहराको लय, गोपाल दयालको म्यूजीक/एरेन्ज, मनोज परियार मिक्स माष्टर रहेको गितलाई म्यूजीक प्लस रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो। परदेशीको पीडामा आधारीत गितको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन।
गायक बोहराका थुप्रै गितहरु बजारमा छन। विगतका गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन गायक बोहराले आग्रह गरेका छन।