कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

धनगढी-कैलालीमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्रसिंह बोहोराले बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएको बताए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.