प्रसिद्ध शिवनाथ देवताका“धामी”को निधन, के हुन्छ यो वर्षको मेला?

बैतडी : शिवनाथ गाउँपालिका–०६ शिवनाथ धुरामा अवस्थित शिवनाथ देवालयका धामीको निधन भएको छ। बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिवनाथ देवताको धामी कृष्ण सिह धनाडीको शनिवार बिहान ९ बजेतिर निधन भएको छ।

शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वा निवासी ७५ बर्षिया धनाडीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा निधन भएको स्थानीय तपेन्द्र सिह धनाडीले बताउनुभयो। स्वासप्रश्वास सम्बन्धि समस्या भएका धनाडीलाई स्वास्थ्यमा समस्या आएपछि शुक्रवार एम्बुलेन्स मार्फत डडेल्धुरा अस्पताल लगिएको थियो।

उपचारकै क्रममा निधनमा भएका धनाडीको शब शनिबार दिउसो घर पुर्‍याईएको छ। शवको हिन्दुधर्म अनुसार आईतबार शिवनाथ गाउँपालिका–०१ खाण स्थित माहाकाली नदिमा अनत्येष्ठी गरिने पारिवारीक श्रोतले जनाएको छ।

धनाडीको निधन भएपछि यहि कार्तिक सप्तमी र अष्ठमीका दिन लाग्ने प्रसिद्ध शिवनाथ मेला हुन्छ कि हुदैन भनेर कतिपय नागरीकहरु भन्न थालेका छन। शिवनाथ देवताका ओझीगाउ, मड् र बसेडीभ्वा गरि ३ जना पुजारी भएकाले मेला नरोकिने गत वषको मेला व्यवस्थापन समितिका सचिव समेत रहेका तपेन्द्र सिह धनाडीले बताए।

शिवानाथ देवताका धामी अथवा पुजारी कसैको घरमा जुठो परे अर्खो पुजारीद्धारा पुजापाठ हुने जनाईएको छ। मृतक धनाडीका चार छोरी र तिन छोरा रहेका छन।

छोराछोरी सबैको बिहे भईसकेको छ। धनाडीको निधनले परिवार शोकमय भएको छ।

Leave A Reply

Your email address will not be published.