बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा खुल्ला पुरुष भलिबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको उत्पादन गर्नुका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले वडा कार्यालयले ती कार्यक्रम आयोजना गर्न लागेको हो ।वडा अध्यक्ष हरि सिंह भण्डारीका अनुसार कात्तिक ९ गतेदेखि ११ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ९९ हजार ९९९, द्वितीय हुनेलाई ५५ हजार ५५५, तृतिय हुनेलाई ३३ हजार ३३३ र सान्तोना पुरुस्कार ११ हजार १११ प्रदान गरिने वडाध्यक्ष भण्डारीले बताए । ती सबै टीमलाई मेडल, प्रमाणपत्र र ट्रफि पनि प्रदान गरिने उनले बताउनुभयो ।
यस्तै सर्वोष्कृट खेलाडीलाई ५ हजार ५५५, सर्वोष्कृट स्पाइकरलाई ३ हजार ३३३, सर्वोष्कृट लिफ्टरलाई ३ हजार ३३३ र सर्वोष्कृट सेटरलाई पनि ३ हजार ३३३ प्रदान गरिने आयोजकले बताएको छ ।
साथै प्रतियोगिता अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति समेत दिने वडा अध्यक्ष हरि सिंह भण्डारीले जानकारी दिनुभयो ।प्रतियोगिता वडा नम्बर ६ को चेतना मावि राजुलमा सञ्चालन हुनेछ भने प्रतियोगितमा प्रवेश शुल्क ३ हजार ३३३ तोकिएको छ ।