बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ मा गाँजा फडानी अभियान शुरु भएको छ। वडा अन्तर्गत रहेको बाल क्लव र प्रहरीको सकृयतामा गाँजा फडानी अभियान शुरु भएको बाल क्लव अध्यक्ष भुवन भट्टले बताउनुभयो।
वडा भित्रका प्रत्येक टोलहरुमा अवैध रुपमा लगाइएको गाँजा फाँड्ने अभियान शुरु गरेको बाल क्लव अध्यक्ष भट्टले बताउनुभयो। मंगलबारबाट शुरु गरिएको अभियानको पहिलो दिन लामिकाण्डे गाउँमा अवैध रुपमा लगाइएको गाँजा नष्ट गरिएको जनाईएको छ।
प्रत्येक टोलमा गएर अवैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरिने कार्य निरन्तर चलिरहने बाल क्लव अध्यक्ष भट्टले बताउनुभयो। गाँजा फडानी अभियानमा वडा अध्यक्ष डम्बर राज जोशी, प्रहरी लगायत बाल क्लबका पदाधिकारीको सहभागिता रहेको थियो।