बैतडीको शिवनाथमा बृहत सांस्कृतिक महोत्सव हुदैँ

बैतडी: बैतडीको शिवनाथमा बृहत सांस्कृतिक महोत्सव हुने भएको छ। मिलन फिल्मस् प्रोडक्सन प्राली काठमाण्डौँको आयोजना र शिवनाथ गाउँपालिकाको सौजन्यमा शिवनाथ शुभकामना बृहत सांस्कृतिक महोत्सव हुने कार्यक्रम संयोजक धिरज चन्दले बताउनुभयो।

“हमरी संस्कृति हमरी पछ्याण, कला संस्कृतिको सरक्षण हमरो अभियान” भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको संयोजक चन्दले बताउनुभयो। महोत्सव यहि कार्तिक १० गते शिवनाथको शर्मालीमा बिहान १० बजेबाट सञ्चालन हुने जनाईएको छ।

शर्मालीमा यहि कार्तिक २ गतेदेखी सञ्चालन भईरहेको शिवनाथ प्रिमियर लिगं (एसपिएल) को समापनको अवशरमा महोत्सव आयोजना गरिएको जनाईएको छ। महोत्सवमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।

साथै महोत्सवमा स्थानीय र नव प्रतिभालाई बिशेष प्राथमीकता दिने समेत जनाईएको छ। कार्यक्रम उपस्थितका लागि सबैलाई अनुरोध गरिएको कार्यक्रम संयोजक चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.