पाटन प्रिमियर लिगः निङ्गलाशैनी र पाटन स्टार विजयी

बैतडी: पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) मा बुधबार पनि दुई खेल सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा पाटन स्टारले सिगासलाई ७ विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्ग्लासैनीले सप्रालिलाई ६९ रनले पराजीत गरेको हो।

आज भएको पहिलो खेलमा पाटन स्टारका बिरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरको समाप्तीमा ६ विकेट गुमाउदै १२८ रन बनाएको थियो। सिगासका विपिन बोहराले ३५, शृजनसिह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए । पाटन स्टारका आयुष ठगुन्नाले २ विकेट लिए।

१२९ रनको बिजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो। पाटनका सुर्दशन भट्टले ६१ रनको अर्धशतकिय इनिङ खेले। यस्तै बिष्णु बिष्टले ४१ रनको योगदान दिए। सिगासका अनिल ऐरीले ३ विकेट लिए।

पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए। आजै भएको दोश्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९४ रन बनायो। निङग्लाशैनिका बिक्रम बोहराले ५७ रनको अर्धशतकिय इनिङ् खेले। दिपक बोहराले ३६ रनको योगदान गरे। सप्रालिका प्रकाश भाटले २ विकेट हात पारे।

१९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अल आउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो। उसका लागि राजु भाटले ३६ रनको योगदान गरे। निङ्ग्लाशैनिका ऋषिकेश बोहराले ३ तथा बसन्त बोहराले २ विकेट लिए।

निङ्ग्लाशैनिका बिक्रम बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए। निङ्गलाशैनी क्रिकेट क्लबको मुख्य प्रायोजकमा समाजसेवी, युवा नेता भोजराज जोशी ९क्वालीटी० मुख्य प्रयोजक रहेका छन्। गत वर्षको पिपिएलमा क्वालीटीले गत वर्ष २ टिमलाई सहभागिता गराएका थिए।

आज भएको खेलमा निङ्ग्लाशैनिको पहिलो जित हो भने प्रतियोगिताबाट बाहिरीएको पाटन स्टारको सान्त्वना जित हो। पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ। सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो। द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।

Leave A Reply

Your email address will not be published.