डडेल्धुराका बेपत्ता व्यवसायी पाली मृत भेटिए

डडेल्धुराका व्यवसायी खेमसिंंह पाली मृत भेटिएका छन्। सोमबारदेखि बेपत्ता रहेका पाली बुधबार मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका-६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ।

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो। सो क्रममा पालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो।

घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए ।

Leave A Reply

Your email address will not be published.