मेलौलीको निलपाल नमुना फार्मेसीमा विशेषज्ञ डक्टर आउदैँ

बैतडी: मेलौलीमा विशेषज्ञ डाक्टर आउने भएका छन। मेलौली नगरपालिका–०७ काणाँ बजारमा रहेको निलपाल नमुना फार्मेसीमा वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर पकंज पाठक आउने फार्मेसी सञ्चालक सुनील राम लुहारले बताउनुभयो।

यहि कार्तिक १० गतेका दिन डक्टर आउने जनाईएको छ। पाटन हस्पिटल काठमाण्डौमा काम गरिसकेका र हाल डडेल्धुरा अस्पतालमा कार्यरत डक्टर पाठक आउने भएकाले सेवाको मौका लिनहुन फार्मेसी सञ्चालक लुहारले अनुरोध गर्नुभयो।

डक्टरद्धारा आत्तिने रोग, निराशापन सम्बन्धी, कुलतरदुब्र्यसन, साइकोसिसको उपचार गरिने जनाईएको छ। यसैगरी बालबालिकामा देखिने मानसिक समस्या, बृद्धावस्थामा देखिने मानसिक समस्या र लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक तथा नसा सम्बन्धि रोगहरुको उपचारका गरिने जनाईएको छ।

यो भन्दा पहिला पनि सोहि डक्टरद्धारा चेकजाच र उपचार गरिएकाले सेवाग्राहीको माग अनुसार पुनः डक्टर बोलाईएको फार्मेसी सञ्चालक लुहारले बताउनुभयो।

 

Leave A Reply

Your email address will not be published.