बैतडी-बैतडीमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विक २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन–६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट बुधबार राति साढे १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताउनुभयो ।वि.क माथि लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान हुने प्रहरी निरीक्षक ढुंगानाले बताउनुभो ।