भागेश्वरका सुमन सुनीको उपचार जारी, सहयोगको अपिल

बैतडी : मृगौला पिडित डडेल्धुराको भागेश्वर गाउँपालिका–०१ जाखका सुमन सुनीको उपचारमा सुधार भईरहेको छ। विगत एक वर्षदेखी मृगौला पिडित सुनीको उपचार जारी रहेको र हाल सुधार भईरहेको बुवा पुष्कर सुनीले बताउनुभयो।

घरको आर्थीक अवस्था पनि निकै कमजोर भएकाले छोराको उपचारमा सहयोग गरिदिन बुवा पुष्कर सुनीले अपिल गरेका छन। उपचार जारी रहेकाले आर्थीक सहयोग गरिदिन उनले आग्रह गरेका छन।

छोराको उपचारमा धेरै रुपैया खर्च भईसकेको र अबको उपचारमा आर्थीक समस्या भएकाले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। डडेल्धुराको चिरञ्जीवी, डडेल्धुरा अस्पताल, धनगढीको माया मेट्रो, भारतको खटिमा स्थित स्पर्श हस्पिटल र हाल मुम्वई माहाराष्ट्रमा उपचार गराईरहेका सुनीको उपचारमा आर्थीक समस्या भएको पारिवारीक श्रोतले जनाएको छ।

सानो सानो सहयोग गरेर भएपनि आफ्नो छोराको ज्यान बचाईदीन बुवाले आग्रह गरेका छन। सुनीको उपचारको लागि समाजिक सञ्जाल मार्फत आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको छ।

नेपाल तथा बिदेशबाट सहयोग गर्नका लागि यो स्क्यानरमा सहयोग गरिदिनु होला।

साथै केहि जानकारी र स्वास्थ्य अवस्था बुझ्नु परेमा नेपालका लागि सुरेन्द्र सुनीको सम्पर्क नम्बर ९८६५८३५६९३, निरज टमटा ९८४८७९०६०५ भारतका लागि पुष्कर सुनी ९०४४४२९९७८ मा फोन गरिदिन आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.