प्रसिद्ध शिवनाथ मेलाको लागि कार्तिक २३ गते गाउँपालिकाले दियो स्थानीय बिदा

बैतडी : शिवनाथ गाउँपालिकाले यहि कार्तिक २३ गते स्थानीय बिदा दिएको छ। बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिवनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिवनाथकी जाँत) को अवशरमा यहि कार्तिक २३ गते स्थानीय बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिए।

मेलाको लागि गाउँपालिका भित्र कार्तिक २३ गते सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ। शिवनाथ देवालयमा हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडि) र अष्टमीका दिन (दिउसेडि) मेला लाग्ने गर्दछ।

शिवनाथ मेला हेर्न र देवताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिवनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.