पोखरीमा डुबेर बझाङमा एक बालकको मृत्यु

बझाङ-बझाङमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका–७ सुबेडाका हरिप्रसाद सुवेदीका ४ वर्षीय छोरा हिमेशको मंगलबार बिहान पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं इन्सपेक्टर लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । उनका अनुसार घर नजिकैको पोखरीमा डुबेको अवस्थामा फेला परेका बालिकलाई जिल्ला अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

Leave A Reply

Your email address will not be published.