टीकापुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

धनगढी-कैलालीको टीकापुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ एकतापुर शिविरस्थित पोखरीमा डुबेर सोही नगरपालिका नयाँनेपाल शिविरका ९ वर्षीय राजबिक्रम शाहीको आज (बुधवार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

Leave A Reply

Your email address will not be published.