बैतडीमा रातिको समयमा देउसी-भैलो खेल्न रोक

बैतडी-बैतडीमा रातिको समयमा देउसी-भैलो खेल्न नपाइने भएको छ। तिहारको समयमा खेलिने देउसी(भैलो राति १० बजेपछि खेल्न नपाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तिहारको समयमा खेलिने देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेको छ ।चाडपर्वको समयमा खुसीयाली मनाउँदा अरुलाई असर नपार्ने गरेर कार्यक्रमहरु सञ्चालन गर्न उहाँको आग्रह छ।

यस्तै दीपावलीको समयमा दियो, पाला, मैनबत्ती र विद्युतीय उपकरणहरु प्रयोग गर्दा हुन सक्ने विपद्जन्य घटनाबाट बच्न सचेतता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस्तै तिहारको समयमा पटाका, अतिशबाजी, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थहरुको प्रयोग नगर्न समेत आग्रह गरिएको छ । यस्ता वस्तुहरुको कसैले विक्रिवितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै तिहारको समयमा जुवातास खेल्ने÷खेलाउनेजस्ता कानुनले निषेध गरेका कार्यहरु समेत नगर्न आग्रह गरिएको छ । कसैले त्यसो गरेको पाइएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
तिहारलाई नै मध्यनजर गर्दै सीमाक्षेत्रमा पनि कडाइ गरिएको छ।

Leave A Reply

Your email address will not be published.