वडा स्तरीय क्रिकेट प्रतियोगितामा दयाल स्पोर्टस च्याम्पीयन

बैतडी : मेलौली नगरपालिका–०१ मा सञ्चालन गरिएको वडा स्तरीय महिला पुरुष क्रिकेट प्रतियोगितामा पुरुष तर्फ दयाल स्पोर्टस क्लब च्याम्पीयन बनेको छ। शनिवार भएको फाईनल खेलमा मेलौली वारीयर्सलाई ३२ रनले हराउदैँ दयाल स्पोर्टस क्लब च्याम्पीयन बनेको दयाल स्पोर्टस क्लबका क्याप्टेन मुकेशकान्त दयालले बताउनुभयो।

टस जितेर पहिला ब्याटिङ रोजेको दयाल स्पोर्टस क्लवले मेलौली वारीयर्सलाई ११२ रनको लक्ष्य दिएको थियो। १८.३ ओभरमा सबै विकेट गुमाएर मेलौली वारीयर्सले उपविजेतामा चित्त बुझाएको क्याप्टेन दयालले बताउनुभयो।

मेलौली वारीयर्सले १३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटीदा दयाल स्पोर्टस च्याम्पीयन बनेको छ। दयाल स्पोर्टस च्याम्पीयन बनेसगैँ १८ हजार सहित ट्रफि प्रमाणपत्र हात पारेको हो।

यसैगरी महिला तर्फ मेलौली क्वीन च्याम्पीयन बनेको छ। दयाल स्पोर्टसलाई हराउदैँ मेलौली क्वीन च्याम्पीयन बनेको हो।

No description available.

यहि कार्तिक ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ३ टिमको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.