बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोक्यो

बैतडी– बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोकेको छ। डिलाशैनी गाउँपालिका–१ डोरेपानी र रामलामा बौलाहा कुकुरले १० जनालाई टोकेको हो।

बौलाहा कुकुरको टोकाइबाट वडा नंम्बर १ डोरेपानीका लीला राना, महेश राना, खुइले राना, लक्ष्मी राना, रमेश राना, माहादेव राना र नारायण राना घाइते भएका छन्। यस्तै रामलाका भानदेव भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन्।

रमेश र नारायणलाई बौलाहा कुकुरले आज बिहान टोकेको र अन्य दुुई जनाको नाम थाहा नभएको वडा अध्यक्ष कृष्णकुमार धामीले बताउनुभयो । यस्तै बौलाहा कुकुरले रामलाका स्थानीय जयानन्द भट्टका एक खसी र एक बाख्रालाई समेत टोकेको छ।

Leave A Reply

Your email address will not be published.